• १४ चैत २०८२, शनिबार

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

blog

भियना, चैत १४ गते । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित संयन्त्रमा भएको आक्रमणपछि कुनै पनि विकिरण जोखिम देखिएको छैन । निकायले इरानको जानकारी अनुसार केन्द्रीय क्षेत्रमा रहेको खोनदाबको भारी पानी उत्पादन केन्द्रमा आक्रमण भएको थियो । 

उक्त केन्द्रमा घोषणा गरिएको कुनै आणविक सामग्री नभएको र त्यहाँबाट कुनै विकिरण जोखिम नदेखिएको बताइएको छ । त्यस्तै, खुजेस्तान प्रान्तमा रहेको इस्पात उत्पादन गर्ने उद्योगमा पनि आक्रमण भएको जानकारी दिइएको छ । उक्त उद्योगमा औद्योगिक मापनका लागि बन्द रेडियोधर्मी स्रोत प्रयोग गरिन्छ ।

निकायले उक्त स्थानबाट बाहिर कुनै विकिरण फैलिएको पुष्टि नभएको जनाएको छ । यी आक्रमण फागुन १६ गतेदेखि सुरु भएको अमेरिका–इजरायल–इरानबिचको करिब एक महिनादेखि जारी द्वन्द्वका क्रममा भएका हुन् । हालसम्म ती पक्षबिच भीषण सङ्घर्ष जारी रहे पनि युद्धविरामतर्फ कुनै ठोस प्रगति भएको छैन । रासस/सिन्ह्वा