बङ्गलादेश, चैत १२ गते । बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केहि समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताउनु भएको छ ।
उहाँले अहिले सम्म २३ जनाको शव बरामद गरेको उल्लेख गर्दै त्यहाँ अझै कोहि बेपत्ता हुन सक्ने बताउनु भएको छ । राति उद्धार अभियान केही हदसम्म रोकियता पनि सेना ,अग्नी नियन्त्रण सेवा प्रहरी लगायतको समूहले संयुक्त उद्धार अभियान चलाइरहेको उहाँले बताउनु भएको छ । करिब ४० जना यात्रु बोकेको बस राजबारीबाट ढाका जाँदै गर्दा ढाकाबाट १२८ किलोमिटर टाढा छदौलतदियाको “फेरी टर्मिनल” नम्बर-३ अगाडिबाट साँझ ५:०० बजे पद्मा नदीमा खसेको जनाइएको छ ।
ढाका ट्रिब्यूनका अनुसार बुधबार साँझ राजबारीको दौलतदिया नजिक पद्मा मदीको किनारमा पारिवारिक वियोगका कारण शोकाकुल आफन्त भेला भएका थिए, उद्धार टोलीले यात्रु बस र नदीमा खसेका मानिसको खोजी गरिरहेको थियो । रासस/एएनआई