• १५ असार २०८१, शनिबार

डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन

blog

काँक्रेविहार समाचारदता

सुर्खेत, साउन ७ गते ।  आन्तरिक राजस्व कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ मा डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आन्तरिक राजस्व कार्यालय सुर्खेतमा ६९ हजार बढी करदाता दर्ता छन् । ४० हजार करदाताबाट एक अर्ब ६७ करोड राजस्व सङ्कलन गरिएको हो ।

गत आर्थिक वर्षमा कार्यालयले दुई अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यअनुसार ८१ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको कार्यालयका कर अधिकृत खडानन्द खत्रीले जानकारी दिनुभयो । आयकर (स्वास्थ्य सेवा, शिक्षा सेवा, घरबहाल कर, ब्याजकर), अन्तःशुल्क र मूल्य अभिवृद्धि (भ्याट)बापत उक्त रुपियाँ सङ्कलन भएको हो । आयकरबापत एक अर्ब २५ करोड लक्ष्य रहेकोमा ९९ करोड रुपियाँ सङ्कलन भएको छ । अन्तःशुल्कबापत तीन करोड १७ लाख लक्ष्य रहेकामा दुई करोड ६४ लाख रुपियाँ सङ्कलन भएको जनाइएको छ । मूल्य अभिवृद्धि करबापत ६७ करोड रुपियाँ 

राजस्व सङ्कलन भएको कर अधिकृत खत्रीले जानकारी दिनुभयो । करदातामध्ये सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) श्रीनिका एयर कार्गोले दुई करोड आठ लाख राजस्व दाखिला गरेको छ । आयकरतर्फ सबैभन्दा बढी प्रदेश अस्पताल सुर्खेतले एक करोड ७९ लाख र भेरी बबई डाइभर्सन आयोजनाले एक करोड ७० लाख रुपियाँ राजस्व दाखिला गरेका छन् ।  कोभिड–१९ को प्रभावले लक्ष्यअनुसारको राजस्व सङ्कलनमा समस्या भएको उहाँको भनाइ छ ।