जाजरकोट, चैत ८ गते । उद्योगी व्यापारीहरुको छाता संगठन जाजरकोट उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार मनोनयन दर्ता अवधिभित्र सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार संघको अध्यक्षमा रमेश के.सी. निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशमबहादुर खड्का, महासचिवमा सूर्यबहादुर रोकाय, कोषाध्यक्षमा दीपक वि.क. तथा सचिवमा पूर्णबहादुर कार्की निर्विरोध चयन भएका हुन ।
त्यसैगरी सदस्यहरूमा विनोद कुमार धर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलन प्रकाश चन्द, हेमन्त कुमार खत्री, शान्तराज हमाल, गणेश वि.स्वामी, मधुमिता शाह र कृष्णकला खड्का चयन भएका हुन ।
निर्वाचन समितिका संयोजक भीमबहादुर सिंहका अनुसार निर्धारित समयभित्र सबै पदमा एकल उम्मेदवारी परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको जानकारी गराइएको हो । नवनिर्वाचित अध्यक्ष रमेश केसीले सबै व्यवसायिको हकहितको प्रवर्धनका लागि आफु लागि पर्ने बताउनुभयो ।