• १५ असार २०८१, शनिबार

टेलिकमको अफर

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते ।  नेपाल टेलिकमले साउन १ देखि समर अफर लागू गरेको छ । टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार २० मिनेट भ्वाइस प्याक १५ रुपियाँमा उपलब्ध हुन्छ र एक दिनभर कल गर्न सकिन्छ भने एक सय मिनेट भ्वाइस प्याक तीन दिनका लागि ४९ रुपियाँमा उपलब्ध छ । 

त्यसैगरी नयाँ अफरका रूपमा एक एमबीपीएस स्पिडको अनलिमिटेड डाटा एक दिनका लागि ४९ रुपियाँमा गराइएको टेलिकमले जनाएको छ । सबै नेटवर्कमा १०० एसएमएस एक दिनको लागि १५ रुपियाँ, २०० एसएमएस तीन दिनका लागि २९ रुपियाँ र तीनसय एसएमएस २८ दिनको लागि ९८ रुपियाँ उपलब्ध रहेको टेलिकमले जनाएको छ ।