• २७ फागुन २०८२, बुधबार

धरानमा पार्किङमा राखिएको बसमा आगलागी

blog

आगलागी हुँदा पूर्ण रूपमा जलेको बस ।

निशा राई

धरान, फागुन २७ गते ।धरान उपमहानगरपालिका-८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका यात्रुबाहक बसमा राति आगलागी हुँदा तिन वटा बस पूर्ण रूपमा जलेको छ ।

इलालाका प्रहरी कार्यालय धरानको अनुसार मङ्गलबार राति करिव १० बजे आगलागी भएको खबर प्राप्त भई कार्यालयबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमान्डमा प्रहरी टोली खटिएको थियो । 

नेपाल प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो करिब १०ः४० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीमा को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७  र बा ४ ख ५७५९,  नम्बरका तिन वटा बस पूर्ण रूपमा जलेको छ भने को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको इलाका प्रहरी कार्यालयको प्रमुख प्रहरी नायब उपरीक्षक भिषणबावु राईले जानकारी दिनुभयो  ।

घटनामा कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण तथा अन्य विवरण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयको प्रमुख प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो  ।