• १३ साउन २०८१, आइतबार

बाढीद्वारा मेलम्ची–हेलम्बु सडकमा क्षति, हेलिकप्टरबाट सुत्केरीकाे उद्धार

blog

गएरातिको बाढीले बगाएको मेलम्ची–हेलम्बु सडक

चित्र मिजार

सिन्धुपाल्चोक, साउन ५ गते । गएरातिको अविरल वर्षाका कारण मेलम्ची–हेलम्बु सडकको विभिन्न खण्ड बगाएको छ । हेलम्बु गापा–४ स्थित सडक बगाएका कारण बिहानैदेखि उक्त सडक अवरुद्ध भएको छ । त्यसकारण यातायातका साधन ठप्प छन् । 

हेलम्बुको ढुंगेबजार मेलम्चीको सिमखेत अवरुद्ध भएको छ । गत वर्ष असार १ गतेको बाढीले बगाएपछि पुनः निर्माण गरिएको चनौटेलगायतका खण्डमा सडक बाढीले बगाएको मेलम्चीका श्याममणि चालिसेले जानकारी दिनुभयो ।

भारी वर्षाका कारण हेलम्बु ग्याल्थुम तथा मेलम्ची नदी तटीय क्षेत्रका स्थानीयले घर छाडेका छन् । मेलम्ची नदीको नाकोते बाढी मापन केन्द्रमा जलसतह १ दशमलव ५ मिटरले बहाव वृद्धि भएर बाढी आएको जनाएको छ ।

सडक बगाएपछि सुत्केरीको हेलिकप्टरबाट उद्धार

मेलम्ची–हेलम्बु सडक बाढीले बगाएपछि हेलम्बु गाउँपालिका–५ की सुत्केरी माया तामाङलाई विहान हेलिकप्टरबाट उद्धार गरी राजधानीका एक अस्पताल लगिएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सुत्केरी भएका उक्त महिला अत्याधिक रक्तस्रावका कारण जटिल अवस्थामा पुगेपछि हेलिकप्टर बोलाएर थापाथलीस्थित सरकारी अस्पतालमा पु¥याउनु रेको गुनासो गर्नुभयो ।

बाढीले सडक क्षति बनाएपछि अहिले उक्त स्थानमा सवारी साधन र पैदल यात्रा पूर्णरुपमा रोकिएको छ ।