शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष सुवेदी
पाख्रीबास (धनकुटा), फागुन २२ गते । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीले अग्रता बनाएको छ ।
अपराह्न ४ बजेसम्मको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५९० मत प्राप्त गर्दै अग्रता बनाउनुभएको हो । उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा अग्रस्थानमा रहनुभएको छ ।
त्यसैगरी नेकपा (एमाले) का राजेन्द्र राईले १ हजार ४०, नेपाली कांग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दिनेश भण्डारीले १४४ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज पौडेलले २५ मत प्राप्त गर्नुभएको छ ।