• २२ फागुन २०८२, शुक्रबार

पर्साका चारै क्षेत्रमा रास्वपा अगाडि

blog

दिपक प्रसाद गौतम

वीरगन्ज, फागुन २२ गते । पर्सामा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चारवटै क्षेत्रमा अग्रता लिएका छन् । 

पर्सा १ मा २ हजार ७९ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धिबहादुर पन्तले ७ सय ९६ मत ल्याएर अग्रता लिनुभएको छ । 

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रूगंटाले ४८३ मत, नेकपा एमाले का प्रदिप यादवले ४०६ मत प्राप्त गर्नुभएको छ । 

पर्सा २ मा २३ सय ४७ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुसिल साह कानुले एक हजार ७७ मत ल्याएर अग्रता लिनुभएको छ । 

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियाले ३३०, नेकपा एमाले की रिमा कुमारी यादवले ६४३ मत प्राप्त गर्नुभएको छ । 

पर्सा ३ मा २४ सय ८५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्तप्रसाद चौरसियाले एक हजार ५१ मत ल्याएर अग्रता लिनुभएको छ ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रप्रसाद चौधरीले ७७१, नेकपा एमाले का रूपेशकुमार पाण्डेले २३८ नेपाली कम्यूनिष्ट पार्टीका छोटेलाल यादवले २०० मत प्राप्त गर्नुभएको छ । 

पर्सा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेक बहादुर शाक्यले ५ सय ७५ मत ल्याएर अग्रता लिनुभएको छ । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १७४, नेकपा एमाले का जालिम मियॉले २३३ नेपाली कम्यूनिष्ट पार्टीका जयप्रकाश थारूले ९८ मत प्राप्त गर्नुभएको छ ।