• १३ साउन २०८१, आइतबार

स्वार्थको एकता स्वार्थकै टकरावले फुट्छ: अध्यक्ष ओली

blog

काठमाडौं,  साउन ४ गते । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्वार्थको एकता स्वार्थकै टकरावले फुट्ने बताउनुभएको छ ।  बुधबार आयोजित पार्टीकाे बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा उहाँले स्वार्थको गठबन्धन भत्काउन कुनै आवश्यकता नभएको भन्नुभएकाे हाे ।

एकै उद्देश्यमा साथै हुन नसक्नेलाई पुनः सँगै लिएर जान नसकिने कुरामा जाेड दिनुहुँदै उहाँले भन्नुभयो, “स्वार्थी पूँजीवादी बाटो हिँडेर कहिल्यै एकताबद्ध हुने सम्भावना नै हुँदैन । स्वार्थको एकता टकरावमा बदलिन्छ, यो नियम हो, त्यसकारण, गठबन्धन फोड्न हतार गरेर चाँदीको तरबार बनाउनुपर्ने केही पनि आवश्यकता छैन ।”  

उहाँले कोसँग मिलेर कसका विरुद्ध लड्नेभन्दा उस्ता उस्तैसँग मिलेर यो अभ्यास हिजो पनि भएको बताउनुहुँदै भन्नुभयाे, वामपन्थी कसलाई भन्ने ? वामपन्थी कोही छन् भने एमाले खुला छ । गठबन्धन छोड र परित्याग गरेर आऊ 

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाइ पाउँ भनेर क्रियाकलाप गर्नेलाई वामपन्थी भन्न सकिन्छ र ? उहाँले प्रश्न गर्नुहुँदै भन्नुभयाे , “देश यस्तो अवस्थामा गम्भीर चुनौतीको सामना गर्नुपरेको छ । एक ढिक्का भएर वाधा, व्यवधानलाई जुध्दै विजय हासिल गर्न हामी प्रतिबद्ध हुनुपर्छ । अस्तिको चुनाव राम्रो भएन, अब त्यस्तो कुनै हालतमा हुन दिनुहुन्न। देशलाई अगाडि बढाउने हो भने सामूहिक भावनाका साथ गन्तव्यतर्फ फर्कौँ ।” 

अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी हटाउने अभियान आजैदखि सुरु गर्नुपर्ने भनाइ पनि राख्नुभयो ।