• २० फागुन २०८२, बुधबार

कोपा डेल रे बाट बाहिरियो बार्सिलोना

blog

बार्सिलोनाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, फागुन २० गते । स्पेनिस महारथि बार्सिलोना कोपा डेल रेको उपाधि दौडबाट बाहिरिएको छ ।

घरेलु मैदानमा मङ्गलबार राति भएको दोस्रो लेगमा एट्लेटिको म्याड्रिडलाई ३–० गोलले हराए पनि बार्सिलोना बाहिरिएको हो । एट्लेटिको समग्रमा ४–३ गोलले विजयी भयो । यसअघि पहिलो लेगमा बार्सिलोना एट्लेटिकोसँग ४–० गोलले पराजित भएको थियो । 

क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मार्क बेर्नालले दुई तथा कप्तान राफिन्हाले एक गोल गर्नुभयो । लगातार थप गोलको अवसर बनाए पनि बार्सिलोनालाई गोल प्रयाप्त बनेन ।

फाइनलमा एट्लेटिकोले रियाल सोसिडाड र एथ्लेटिको क्लबबिचको विजेतासँग खेल्ने छ । यसअघि पहिलो लेगमा सोसिडाड १–० गोलले अगाडि रहेको छ । एजेन्सी