• १५ फागुन २०८२, शुक्रबार

नौ विजेता घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १५ गते । मिसेज भोग नेपाल सिजन–३ को अन्तिम प्रतिस्पर्दामा नौ जना विजेता घोषणा गरिएको छ । हाउस अफ फेसन नेपालद्वारा आयोजित कार्यक्रममा उक्त विजेताहरू घोषणा गरिएको हो ।

मिसेज भोग नेपाल सिजन ३ को अन्तिम प्रतिस्पर्धामा २१ जना विवाहित महिला प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । प्रतियोगिताको प्रशिक्षणका क्रमदेखि नै सञ्चालन गरिएको मूल्याङ्कन प्रक्रिया, प्री–जजिङ राउन्ड तथा प्रतिस्पर्धीहरूले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा नौ जना विजेता घोषणा गर्ने आयोजक संस्थाका प्रबन्ध निर्देशक ओसिमा बानुले बताउनुभयो । प्रतिस्पर्धीको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समर्पणलाई ध्यानमा राखी तथा मूल्याङ्कन गर्दै प्रतिस्पर्धीलाई विशेष सरप्राइज दिँदै कुल नौ जना विजेता घोषणा गरिएको हो ।