शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन १४ गते । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को आयोजनामा २०औं एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०८२ चैत २० गते हुने भएको छ ।
अवार्ड कार्यक्रम स्थानिय आयोजक बनेपा नगरपालिकाको चण्डेश्वरी मन्दिर परिसरमा हुने एनएनआईपीएका महासचिव शिवसुन्दर गोथेले जानकारी दिनुभयो ।
महासचिव गोथेकाअनुसार काठमाडौँ उपत्यका बाहिर पहिलोपटक अवार्ड कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विभिन्न २७ खेलका त्यत्तिनै संख्यामा खेलाडीलाई सम्मान गरिने छ ।
त्यसबाहेक समान एक एक पुरुष/महिला सर्वोत्कृष्ट खेलाडी र प्रतिभासाली खेलाडी, एक पाका खेल व्यक्तित्वलाई गजराज जोशी आदर्श खेल व्यक्तित्व, एक खेल पत्रकारलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कार तथा एक वर्ष उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिने छ ।