• १४ फागुन २०८२, बिहिबार

एन्फा राष्ट्रिय लिग : नव जनजागृतिमाथि पुलिसको गोल वर्षा

blog

बल खोस्ने प्रयास गर्दै पुलिस र नव जनजागृतिका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, फागुन १४ गते । नेपाल पुसिलस क्लबले एन्फा राष्ट्रिय लिगमा नव जनजागृति क्लबमाथि गोल वर्षा गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा पुलिसले नव जनजागृतिलाई ७–० गोलले हरायो । एकपक्षीय खेलमा पुलिसको जिताउन  धिरेन्द्रबहादुर शाह र सञ्जीव लामाले दुई दुई तथा दशरथ गिरी, भरत शाह र विजय उरानले एक एक गोल गर्नुभयो ।

पुलिसले पहिलो हाफमा पाँच र दोस्रो हाफमा दुई गोल गरेको थियो । पुलिसको यो लिगमा दोस्रो जित हो । जितसँगै पुलिसले सात खेलबाट सात नै अङ्क बनाएको छ । पराजित नव जनजागृतिले अङ्कको खाता खोल्न सकेको छैन ।

यस्तै अर्को खेलमा न्युरोड टिम (एनआरटी) र प्लानिङ ब्वाइज युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । प्लानिङ ब्वाइजका लागि कप्तान प्रताप सिंह राईले गोल गर्नुभयो । एनआरटीका तिमोथि चिमेरेले बराबरी गोल फर्काउनुभयो ।