• १३ फागुन २०८२, बुधबार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, फागुन १२ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपियाँ १२ पैसा र बिक्रीदर १४५ रुपियाँ ७२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपियाँ चार पैसा र बिक्रीदर १७१ रुपियाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपियाँ ७९ पैसा र बिक्रीदर १९६ रुपियाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपियाँ दुई पैसा र बिक्रीदर १८७ रुपियाँ ८० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपियाँ ६१ पैसा र बिक्रीदर १०३ रुपियाँ चार पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपियाँ चार पैसा र बिक्रीदर १०६ रुपियाँ ४८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपियाँ ६१ पैसा र बिक्रीदर ११५ रुपियाँ आठ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३७ पैसा र बिक्रीदर नौ रुपियाँ ४१ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ एक पैसा र बिक्रीदर २१ रुपियाँ नौ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ६८ पैसा र बिक्रीदर ३८ रुपियाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ७० पैसा र बिक्रीदर ३९ रुपियाँ ८७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६८ पैसा र बिक्रीदर चार रुपियाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ ५१ पैसा र बिक्रीदर ३९ रुपियाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ छ पैसा र बिक्रीदर १० रुपियाँ १० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ र बिक्रीदर १६ रुपियाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८९ पैसा र बिक्रीदर २२ रुपियाँ ९९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ५६ पैसा र बिक्रीदर १८ रुपियाँ ६४ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपियाँ ३४ पैसा र बिक्रीदर ४७७ रुपियाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपियाँ ८८ पैसा र बिक्रीदर ३८६ रुपियाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७८ रुपियाँ ५२ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस