शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन ११ गते । आमाप्रति समर्पित ‘ताते गर्दै’ बोलको गीत सार्वजनिक भएको छ ।
डायस्पोरामा बसेर नेपाली गीत–सङ्गीतलाइ माया गर्ने गायिका नीता आचार्यको नयाँ गीत काठमाडौँमा एक समारोहबिच सार्वजनिक भएको हो ।
उक्त गीत आमा र माटोलाई समर्पण गरिएको छ । विश्व साइकलयात्री पुष्कर शाहको शब्दमा रहेको यस गीतमा शिशिर योगीले सङ्गीत भर्नुभएको छ ।
गीतमा रहेको काठमाडौँ र मकवानपुरको सुन्दर दृश्यहरू प्रताप सिंहले कैद गर्नुभएको छ । गीतको निर्देशन भने किरण श्रेष्ठले गर्नुभएको हो ।
गायिका आचार्य बिगत ३० वर्षदेखि अमेरिका बस्दै आउनुभएको छ । उहाँका अन्य दर्जनौ गीतले यसअघि पनि नेपाली गीत–सङ्गीत क्षेत्रमा छाप छोडी सकेको छ ।