• १३ साउन २०८१, आइतबार

एमाले अध्यक्ष ओली र फ्रान्सका राजदूतबीच भेट

blog

तस्विर : राजन काफ्ले

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत जिल बुर्बाओबीच शिष्टाचार भेट भएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा उहाँहरुबीच दुई देशको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोगका विषयमा कुराकानी भएको अध्यक्ष ओलीको निजी सचिवालयले जानकारी दिनुभयो । 

यससँगै फ्रान्सको राष्ट्रपतिय निर्वाचनको बारेमा जानकारी गराउँदै राजदूत जिलले नेपालको स्थानीय तह निर्वाचनबारे जिज्ञासा राख्नुभएको सचिवालयले जनाएको छ । भेटघाटका क्रममा राजदूत जिलले फ्रान्सेली सगरमाथा आरोही पीर माजाउले पठाउनुभएको शुभकामनापत्र पनि अध्यक्ष ओलीलाई प्रदान गर्नुभएको थियो ।