• २७ पुस २०८१, शनिबार

बस्ती विस्तार शीर्षकको बजेट फिर्ता, गाउँ जोखिममै

blog

जोखिममा रहेको स्याम्ने बस्ती । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, साउन २ गते । जोखिममा रहेका बस्ती प्रवर्धनका लागि आएको बजेट फिर्ता गएको पाइएको छ । सिमकोट गाउँपालिका –४ को उच्च जोखिममा रहेको स्याम्ने गाउँको बस्ती बिस्तारका लागि आएको बजेट फिर्ता गएको हो ।

गाउँका स्थानीय बिकास महतले बस्ती विस्तारका लागि आएको बजेट फिर्ता गएको बताउनुुभयो । सो गाउँ स्याम्ने खोलाको किनारमा रहेको कारण पटक पटक पहिरो गइरहने भएका कारण जोखिममा  छ । २०७० सालमा पहिरोले मानवीय क्षति नभए पनि भौतिक क्षति गरेको थियो । त्यसपछि गाउँवासीले बस्ती विस्तारको माग राख्दै आउनुुभएको थियो । 

स्थानीयले जग्गा ब्यवस्था गर्न नसक्नुु र डीपीआरअनुुसार घर बनाउने बजेट पनि कम भएको कारण बस्ती बिस्तार नभई बजेट फिर्ता गएको बताउनुुभयो । उहाँले घर निर्माणका सामग्री महँगाे पर्ने तर केही लगानी सेवाग्राहीले गर्न नसक्ने भएका कारण बजेट फिर्ता पठाउनुुको अर्को विकल्प नभएको बताउनुुभयो । स्याम्नेबासीको चाहना जग्गा खरिददेखि घर निर्माण सरकारले नै गरिदेओस् भन्ने थियो । कार्यक्रम परे पनि अपुुग बजेट भएकाले स्याम्नेबासीहरु बाढी पहिरोको डरमा बस्नुुपर्ने बाध्यता हट्न सकेन । 

सिमकोट गाउँपालिकाको कार्यालयका सबइन्जिनियर सुुवास भण्डारीले सङ्घीय सरकारको उच्च हिमाली बस्ती विस्तारका लागि आएको एक करोड पचास लाख रुपियाँको बजेट काम हुन नसकेपछि फिर्ता गएको बताउनुुभयो । उहाँले उक्त बस्तीका १८ घरधुरीका लागि प्रतिघर पाँच लाख ३३ हजार बजेट विनियोजित भएकोमा काम हुन नसकेपछि फिर्ता गएको बताउनुुभयो । बस्ती विस्तारको डीपीआरअनुुसार डीपीसीसहितको घर निर्माण हुनुुपर्ने थियो ।