• ६ फागुन २०८२, बुधबार

आतङ्क फैलाइरहेकाे चितुवा नियन्त्रणमा

blog

पासोमा परेका चितुवा ।

यज्ञप्रसाद सापकोटा

गुलरिया(बर्दिया), फागुन ६ गते । बर्दियामा डिभिजन वन कार्यालयको टोलीले चितुवा नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका वडा १० महतन्या सामुदायिक वनबाट वयस्क पोथी चितुवा नियन्त्रणमा लिएको हो । 

सो वडामा चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते भइरहेका थिए । चितुवाको आक्रमण बढेपछि नियन्त्रणमा लिनको लागि डिभिजन वन कार्यालय बर्दिया र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले पासो राखेको थियो । 

लामो समयदेखि सामुदायिक वन भित्र पासो राखेपनि आज विहान मात्र पासोमा चितुवा फसेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल थारूले बताउनुभयो । नियन्त्रणमा लिइएको पासो हाल जिल्ला वन कार्यालयको परिसरमा नै राखिएको छ । चितुवालाई कहाँ कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भईरहेको वरिष्ठ वन अधिकृत थारूले बताउनुभयो ।