• ५ चैत २०८२, बिहिबार

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

blog

म्याग्दी,  चैत ५ गते ।  रघुगङ्गा गाउँपालिका–६, रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ । 

रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी तुँदी पावर कम्पनीको करिब ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो । 

आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध गराएको २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुनर्निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । 

रायखोरको खेल मैदान ढलान गरेर पक्की बनाउन २५ लाख र कोटगाउँको खेलमैदान पुनर्निर्माणका लागि १४ लाख ३९ हजार सहयोग गरिएको थियो । रासस