• ६ फागुन २०८२, बुधबार

बडिगाडको खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

blog

बडिगाड गाउँपालिका–८, खोलाखर्कमा दुर्घटना भएको पिकअप । तस्बिर सौजन्य: हिमाल श्रीस

नवराज नेपाली

बागलुङ, फागुन ६ गते । बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ ।

ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ९ बजे खोलाखर्कमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा गाडीमा सवार ६ जनामध्ये दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारका लागि गलकोट नगर अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ ।

स्थानीय हिमाल श्रीसका अनुसार गाडी अनियन्त्रित भई सडकबाट तल खसेको हो । दुर्घटनालगत्तै स्थानीयवासी उद्धारमा खटिएका थिए । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।