• २ असार २०८१, आइतबार

चौबीस सय मुद्दा फैसला

blog

जिल्ला अदालतका न्यायाधीश मुद्दाको चाप बढ्दै गएको जानकारी गराउँदै । तस्बिर : ललित बसेल

सुर्खेत, साउन १ गते । जिल्ला अदालत सुर्खेतले दुई हजार ४०९ वटा मुद्दामध्ये एक आर्थिक वर्षमा एक हजार ७४० वटा मुद्दाको किनारा लगाएको छ । न्याय सम्पादनको यस तथ्याङ्कलाई केलाउँदा सुर्खेतमा सबैभन्दा ठूलो समस्या पारिवारिक सम्बन्धको पाइएको छ । 

सुर्खेतमा कुल मुद्दाको ३५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका छन् । वीरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाबाट सम्बन्ध विच्छेदका मुद्दा बढी छन् ।अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका र नयाँ मुद्दा गरी दुई हजार नौवटा मुद्दाको किनारा लगाइएको जिल्ला अदालत सुर्खेतले जनाएको छ । 

एक हजार ६२० वटा मुद्दा फैसला गर्ने वार्षिक लक्ष्य लिइएकोमा ७२.२ प्रतिशत मुद्दा किनारा लगाएर जिल्ला अदालतले आफ्नो वार्षिक लक्ष्य पूरा गरेको छ । अदालतको वार्षिक लक्ष्य ७० प्रतिशत रहेको थियो । दालतका स्रेस्तेदार ठाकुरप्रसाद पौडेलका अनुसार ७६० वटा मुद्दा अघिल्ला वर्षबाट जिम्मेवारी सरेर आएका थिए । त्यस्तै यस आर्थिक वर्षमा एक हजार ६४९ वटा नयाँ दर्ता भएका थिए । उहाँका अनुसार जिल्ला अदालतलमा एक वर्ष छ महिना नाघेका कुनै पनि मुद्दा बाँकी छैन । मुद्दा दर्ता हुनेसँगै फैसला हुने सङ्ख्यासमेत बढ्दै गएको जनाइएको छ ।

जिल्ला अदालतमा तीन जना न्यायाधीशको दरबन्दी भए पनि न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्य र मनोज श्रेष्ठ मात्र कार्यरत हुनुहुन्छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यले एउटा न्यायाधीशले सरदर पाँच सय मुद्दा टुङ्गो लगाउने प्रावधान रहे पनि सुर्खेतमा एक हजार ७४० वटा मुद्दा किनारा लगाउनुपरेको बताउनुभयो ।