• १६ भदौ २०८१, आइतबार

बैकिङ कसुर मुद्दामा ६६ लाख जरिवाना तोकिएका व्यक्ति पक्राउ

blog

फाइल तस्बिर

काठमाडौं, असार ३१ गते। बैंकिङ कसुर मुद्दामा फरार रहेका काठमाडौँ महानगरपालिका–४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। 

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको टुडालदेवीबाट पक्राउ गरेको हो। 

जबरा उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ६६ लाख रुपियाँ जरिवाना ठहर भएर फरार रहेको प्रहरीले जनाएको छ। 

सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी पीडितलाई झुक्यानमा पारेर दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्दै पाटन अदालतले उक्त फैसला गरेको थियो। 

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा जबरालाई प्रहरीले पेश गरेको जनाएको छ।