• १० माघ २०८२, शनिबार

पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान

blog

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी ।

इस्लामाबाद, माघ १० गते । पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले शनिबार सवृद्ध पाकिस्तान निर्माणमा साझेदारका रूपमा युवालाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गर्नु भएको छ ।

“पाकिस्तानको भविष्य युवासँग जोडिएको उल्लेख गर्दै उहाँले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका रूपमा शिक्षाले युवामा जिज्ञासा, क्षमता र चरित्रको पोषण गर्ने कुरा सुनिश्चित गर्नु पर्ने अन्तर्राष्ट्रिय शिक्षा दिवस अवसरमा बताउनु भएको जनाइएको छ । 

सरकारको प्रयासलाई प्रष्ट पार्दै जर्दारीले उच्च शिक्षामा विस्तारित पहुँच, योग्यतामा आधारित विद्यार्थी सहयोग र प्रविधिमा सुधारिएको पहुँच जस्ता उपायले युवालाई ज्ञान अर्थव्यवस्थामा अर्थपूर्ण रूपमा संलग्न हुन मद्दत गरिरहेको बताउनु भएको छ । 

“निःशुल्क र अनिवार्य शिक्षाको संवैधानिक ग्यारेन्टीले युवाको मौलिक अधिकारप्रति साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उहाँले बताउनु भएको छ । द्रुत रूपमा परिवर्तन भइरहेकोे संसारमा, शिक्षाले शैक्षिक उत्कृष्टतालाई व्यावहारिक सीप, डिजिटल साक्षरता र विविधताका मार्ग निर्देश गर्ने उहाँले बताउनु भएको छ । 

उहाँले शैक्षिक पहलले युवालाई उदीयमान प्रविधिका लागि तयार पारिरहेको उल्लेख गर्दै शिक्षाले रोजगारी, उद्यमशीलता र विश्वव्यापी संलग्नताका लागि मार्ग तथ गर्ने कुरामा जोड दिनु भएको छ । रासस/सिन्ह्वा