• १० माघ २०८२, शनिबार

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

blog

किएभ, माघ १० गते । युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू) को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स-युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

“सन् २०२७ मा हामी औपचारिक रूपमा युनियनको सदस्य नभए पनि ईयू ऊर्जा बजारमा पूर्ण रूपमा एकीकृत हुने छौँ”, युरोपेली र यूरो-एटलान्टिक एकीकरणको पुुष्टि गर्दै  तारास काचकाले भन्नु भयो । युक्रेनको संसदले हाल एकीकरणको अन्तिम चरणमा विधेयक तयार गरिरहेको उल्लेख गर्दै अर्को महिना मतदान हुने अपेक्षा गरिएको काचकाले बताउनु भयो । 

सन् २०२५ जुलाई मा, युक्रेनी सांसदले युक्रेन र ईयूबिचको बजारको युग्मन, बिजुली व्यापारका लागि सरलीकृत सर्त, र ईयू ऊर्जा भण्डारमा पहुँच, अन्य उपायबिचको एक आधारको रूपमा मस्यौदा कानून बनाएका छन् । रासस/सिन्ह्वा