• ७ जेठ २०८१, सोमबार

आँखा अस्पताललाई सहयोग

blog

काठमाडौँ, असार ३० गते । सिद्धार्थ बैङ्क लिमिटेडले त्रिपुुरेश्वरमा रहेको नेपाल आँखा अस्पताललाई पाँच लाख छ हजार २५० रुपियाँ सहयोग गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको हो । बैङ्कका तर्फबाट अजयसिंह भण्डारीले अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेललाई सहयोग हस्तान्तरण गर्नुभएको हो ।

अस्पतालले सामुदायिक विद्यालयको दृष्टि जाँच कार्यक्रमअन्तर्गत पहिचान गरिएका ६७५ जना विद्यार्थीलाई निःशुल्क चस्मा प्रदान गर्न उपयोग हुने जनाएको छ । यो सहयोगले कमजोर आर्थिक स्थितिका कारण दृष्टि कमजोर भए पनि चस्माबिना अध्ययन गर्न बाध्य भएका विद्यार्थीलाई सहज रूपले अध्ययन गर्न मद्दत पुग्ने विश्वास बैङ्कले लिएको छ ।

बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिँदै जाने बताएको छ ।