नवराज नेपाली
बागलुङ (गलकोट) माघ ६ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागलुङ क्षेत्र नम्बर १ मा कल्याण बिक्रम आचार्य र क्षेत्र नम्बर २ मा अञ्चल शाहीलाई उम्मेदवार बनाउने भएको हो ।
पार्टीले आफुलाई बागलुङ दुईको उम्मेदवार बनाउने निर्णय गरेको भन्दै शाहीले टिकट लिएको तस्बिर सार्वजनिक गर्नुभएको हो । निसीखोला गाउँपालिका निवासी शाहीले “जेनजीकोे रोजाइ, सक्षम युवाहरूको खोजी र सबै वर्ग–समुदायलाई एकतामा बाध्ने सङ्कल्पसहित मेरो उम्मेदवारी रहने छ ।’’ उहाँले भन्नुभयो । शाही यसभन्दा अगाडि बागलुङको निसीखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर पराजित हुनुभएको थियोे । शाही कलाकारीता तथा खेलको क्षेत्रमा पनि आबद्ध हुनुहुन्छ ।
बागलुङ–१ बाट उम्मेदवार भएका युवा नेता आचार्य हाल राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक हुनुहुन्छ । शैक्षिक रूपमा व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका आचार्य साहित्य लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका उपन्यास ‘युवा उद्यमी’ प्रकाशित भइसकेको छ । राजनीतिमा आउनुअघि आचार्य सञ्चारकर्मीका रूपमा लामो समय सक्रिय भएर काम गर्नुभएको थियोे ।