• ६ माघ २०८२, मङ्गलबार

कांग्रेसले टुङ्गायो बागलुङका दुई उम्मेदवार

blog

अर्जुन कार्की 
काठेखोला (बागलुङ), माघ ५ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले)ले बागलुङका दुवै क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ ।

कांग्रेसले केन्द्रीय समितिले सोमबार बागलुङ क्षेत्र नम्बर १ मा भीम श्रीस र क्षेत्र नम्बर २ मा टेकराज पौडेललाई उम्मेदवार बनाउने टुङ्गो लगाएको जिल्ला सचिव हरिहर शर्माले बताउनुभयो ।

श्रीस र पौडेल विशेष महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएका हुन् । दुवै जना लामो विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय छन् ।