अर्जुन काफ्ले
स्याङ्जा, माघ ६ गते । आगामी फागुन २१ ग्ते हुने प्रतिनिधि सभा निर्वाचनमा मङ्गलबार उम्मेदवारी दर्ता हुँदै छ । उम्मेदवारी दर्ताको दिनसम्म स्याङ्जामा मुख्य चार दल नेपाली कांग्रेस, एमाले, नेकपा र रास्वपालेले उम्मेदवारको टुङ्गो लगाएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको यहाँ रास्वपाले क्षेत्र नं –२ मा वालिङ –१४ का झविलाल डुम्रेको नाम टुङ्गो लगाएसँगै मुख्य दलको टुङ्गो लागेको हो । यहाँ क्षेत्र नं–१ मा पुतलीबजार –५ का डा धनन्जय रेग्मीलाई उम्मेदवार बनाएको हो । रास्वपाका दुबै जना पहिलो पटक निर्वाचनमा होमिनु भएको हो ।
यस्तै, नेपाली कांग्रेसले क्षेत्र नं –१ म आँधीखोला गाउँपालिका–६ का भरतराज ढकाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं –२ मा चापाकोट नपा –५ का भगवत प्रकाश मल्ललाई उम्मेदवार बनाएको हो ।
ढकाल मुक्तिनाथ विकास बैकको सीइओ तथा अध्यक्ष बन्नु भएको र निर्वाचनमा पहिलो पटक होमिनु भएको हो ।
मल्ल यसअघि २०७४ मा प्रदेश सभामा क्षेत्र नं –२(ख)बाट निर्वाचित हुनु भएको थियो ।
यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्याङ्जामा क्षेत्र नं –१ म अर्जुन चैपारी–५ का शैलेन्द्र घिमिरे र क्षेत्र नं –२ मा कालीगण्डकी गाउँपालका –४ का पदम बहादुर विकलाई उम्मेदवार बनाएको हो ।
घिमिरे २०७० निर्वाचनमा यसै क्षेत्रबाट तेस्रो बन्नुभएको थियो । यस्तै पार्टी केन्द्रीय सदस्य विक भने पहिलो पटक संघीय निर्वाचनमा होमिनु मएको हो ।
यहाँ नेकपा(एमाले)ले क्षेत्र नं –१ मा पुतलीबजार नगरपालिका – ९ का मिनबहादुर गुरुङ र क्षेत्र नं –२ मा केन्द्रिय सदस्य खिम बहादुर थापालाई उम्मेदवार बनाएको छ । गुरुङ २०७४ सालको निर्वाचनमा क्षेत्र नं–१(ख)बाट निर्वाचित हुनु भएको थियो भने मुक्तिनाथ विकास बैंकको अध्यक्ष बन्नु भएको हो ।
थापा काँलीगण्डकी गाउँपालिका अध्यक्ष दुई पटक निर्वाचित हुनु भएको हो भने अहिले पनि पालिका अध्यक्ष रहनुभएको छ ।