• २ माघ २०८२, शुक्रबार

काठ तस्करको खोजी

blog

काठ तस्करीबारे जानकारी गराउनुहुँदै वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुर ।तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी (कैलाली), माघ २ गते । कैलालीको चुरे क्षेत्रमा काठ तस्करीमा संलग्न सामुदायिक वनका पदाधिकारीको भागाभाग भएको छ । डिभिजन वन कार्यालयले उनीहरूको खोजी गर्न थालेपछि भागाभाग भएको हो । चुरे क्षेत्रबाट व्यापक काठ तस्करी र वन्यजन्तुको चोरीसिकारी हुने गरेको सूचना आएपछि डिभिजन वन कार्यालय धनगढीले खोजतलास र निगरानी बढाएको छ । एक महिनामा चुरे गाउँपालिकाको विभिन्न सामुदायिक वनक्षेत्र र गाउँबाट ५३१.४५ क्युफिट चिरान गरिएको सालका काठ बरामद गरेको वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताउनुभयो । उहाँले चुरे गाउँपालिका–२, खैरालामा दुई वटा सामुदायिक वनकै पदाधिकारीकोे काठ तस्करीमा संलग्नता रहेको बताउनुभयो । 

“सामुदायिक वनका पदाधिकारीको भागाभाग छ,” गत सोमबार पत्रकार सम्मेललन गरी उहाँले भन्नुभयो, “उनीहरूको खोजीकार्य भइरहेको छ । हामी कारबाही गर्छौं ।” ठाकुरको नेतृत्वमा खटेको वनकर्मीको टोलीले त्यहाँ रहेको त्रिवेणी र झरना सामुदायिक वनभित्र लुकाइएको अवस्थाबाट २८७.५३ क्युफिट चिरान गरिएको सालको काठ बरामद गरेको छ । 

यसै गरी चुरे गाउँपालिका–५, मौरीबाट २३० थान चिरान गरिएको (१४९.९८ क्युफिट) काठ र सलानीबाट ११८ थान चिरान गरिएको (६८.६६ क्युफिट) काठ बरामद गरिएको छ । दुवै गाउँमा रहेको सामुदायिक वन उपभोक्ता समूहलाई वनले पत्र पठाएको छ । चुरे क्षेत्रमा काठ तस्करी मात्रै नभई चोरीसिकार र वन अतिव्रmमण पनि बढ्दो रहेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । चोरीसिकारकोे भने प्रमाण फेला पार्न नसकेको यादवले बताउनुभयो । उहाँले चुरे क्षेत्रमा भइरहेको अतिव्रmमण कार्ययोजना अनुसार नियन्त्रण गर्ने उल्लेख गर्नुभयो । 

यसै गरी गौरीगङ्गा नगरपालिका–६ स्थित बाह्रवन साझेदारीबाट ३३ थान खयर (२५.२८ क्युफिट) बरामद गरिएको छ । खयरसहित गोदावरी नगरपालिका–७ का दुई जनालाई पव्रmाउ गरेर मुद्दा पनि चलाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।