• १३ साउन २०८१, आइतबार

सिंहको एकल चित्रकला प्रदर्शनी

blog

काठमाडौँ, असार २९ गते । कलाकार अक्षरा सिंहको ठमेलस्थित मिथिला यें आर्ट ग्यालरीमा ‘ब्युटी अफ नेचर’ शीर्षकमा पहिलो एकल चित्रकला प्रदर्शनी भइरहेको छ । नेपालका हिमाल, पहाड, रङ्गीबिरङ्गी चरा, मन्दिरको शोभा बढाउने घन्टीलगायत प्राकृतिक सौन्दर्यलाई उहाँले विशाल क्यानभासमा सजाउनुभएको छ । 

मिथिला यें आर्ट ग्यालरीका संस्थापक श्यामसुन्दर यादवले प्राज्ञ सुष्मा राजभण्डारीले उद्घाटन गर्नुभएको यस प्रदर्शनीमा कलाकार अक्षराका सिर्जनाले नेपाली जनजीवन, प्रकृतिको अनुपम सौन्दर्यलाई प्रतिनिधित्व गरेको बताउनुभयो । साथै यस प्रदर्शनीले कलाकार अक्षराको प्रतिभालाई कला पारखीमाझ ल्याउने अवसर पनि प्रदान गरेको बताउनुभयो ।