• ६ जेठ २०८१, आइतबार

एकीकृत कारोबार सुरु

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २८ गते । नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरेपछि सोमबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । मर्जपछि ‘नबिल बैङ्क लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो ।

‘क’ वर्गको इजाजतप्राप्त नबिल बैङ्कले नेपाल राष्ट्र बैङ्कको अनुमतिबाट नेपाल बङ्गलादेश (एनबी) बैङ्कलाई प्राप्ति गरेको हो । प्राप्तिसँगै अब नेपाल बङ्गलादेश बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्वको जिम्मेवारी नबिल बैङ्कले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वित्तीय संस्था भएको छ । समग्र बैङ्किङ प्रणालीको आवश्यकतालाई ध्यानमा राखी सर्वसाधारणको विश्वासनीयतामा थप अभिवृद्धि गर्न यो कदम चालेको बैङ्कका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानाले बताउनुभएको छ ।