• १६ भदौ २०८१, आइतबार

‘भानुभक्त’ गीत सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २५ गते । आदिकवि भानुभक्त आचार्यप्रति समर्पित गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सञ्चमान राईले शब्द र किरण गजमेरले आवाज दिनुभएको छ भने गीतमा विश्वास गुरुङले सङ्गीत भर्नुभएको छ । गीतको भिडियोमा कमल सिंहले अभिनय गर्नुभएको छ । उत्सव दाहालले खिच्नुभएको भिडियोलाई प्रकाश दाहालले निर्देशन गर्नुभएको हो । भिडियोमा कोरियोग्राफ केशवराज भट्टको रहेको छ भने एसोसिएट डाइरेक्टरका रूपमा लोकराज अधिकारी रहनुभएको छ ।