• २३ मङ्सिर २०८२, मङ्गलबार

सिन्धुलीमा गोलन्जोरमा जुनार महोत्सव (फोटो फिचर)

blog

सिन्धुली,  मङ्सिर २३ गते । ‘जुनारको राजधानी’का रूपमा परिचित सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा मंगलबारदेखि तीनदिने जुनार महोत्सव सुरु भएको छ।

 गोलन्जोरको सान जुनार हाम्रो पहिचान गोलन्जोरको जुनार समृद्धिको आधार भन्ने नारासहित गोलन्जोर गाउँपालिकाको आयोजनामा जुनार महोत्सव सुरु भएको हो।  महोत्सवले यस क्षेत्रको पहिचान बनेको जुनारलाई थप प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

महोत्सवमा किसानले आफ्नै बगैँचामा उत्पादन भएका जुनारबाट तयार पारिएका जुस, स्क्वास, जाम, जेली, क्याण्डीलगायतका प्रशोधित खाद्यवस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन्। आगन्तुकले स्थानीय उत्पादनको स्वादसँगै त्यसको मूल्यप्रवर्द्धन प्रक्रिया नजिकबाट बुझ्ने अवसर पाउने आयोजकहरूले बताएका छन्।

तीन दिनसम्म चल्ने महोत्सवको अवसरमा कृषक र विज्ञबिच बगैँचामा जुनार प्रवर्द्धन, रोग–व्यवस्थापन, बजार अभिवृद्धि र प्रशोधन सम्भावनाबारे छलफल हुने जनाइएको छ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।