• १६ भदौ २०८१, आइतबार

सुशील कोइराला अस्पतालका लागि बजेट व्यवस्थापन गर्ने राज्यमन्त्रीको प्रतिवद्धता

blog

काठमाडौं, असार २४ गते।  स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री हिराचन्द्र केसीले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अनुगमन गर्नुभएको छ। 

शुक्रबार मन्त्री केसीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अनुगमन गर्नुभएको हो।  अनुगमनका क्रममा राज्य मन्त्री केसीले अस्पतालको पूर्वाधार विकासका लागि आफूले पहल गर्ने बताउनुभयो। 

 उहाँले भन्नुभयो, ‘अस्पतालले आम नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराएको छ। यो विषय राम्रो पक्ष हो। अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापनका लागि पहल थाल्छु।’

सो अवसरमा अस्पताल प्रशासनले राज्यमन्त्री केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ। पत्रमा अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न माग गरिएको छ। 

अस्पतालको प्रशासनिक भवनको लागि बजेट व्यवस्थापन आवश्यक भएको, अस्पताललाई आवश्यक मेशिनरी औजारको लागि उचित बजेट व्यवस्थापन गर्न माग गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।