• ७ जेठ २०८१, सोमबार

प्रमुख प्रशासकीय अधिकृतसहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, असार २४ गते। विराटनगर महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीसहित तीन इन्जिनियरविरुद्ध १० लाखको भ्रष्टाचार मु्द्दा दायर भएको छ। 

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिका १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण गर्दा वास्तविक कामभन्दा बढी भुक्तानी गरेको उजुरीको आधारमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखाका प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो.इफतेखार आलमले गरेको भन्दा बढी काम नापी किताबमा चढाएर मापदण्ड विपरित मेसिनले गरेको काम ज्यामीद्वारा गरेको भन्दै बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। 

उनीहरुविरुद्ध दर्ता भएको मुद्दामा १० लाख ५५ हजार ९१९ रुपैयाँ बिगो दाबी गरिएको छ।