• १६ भदौ २०८१, आइतबार

फिल्म 'परदेशी-२'को टिजर सार्वजनिक

blog

काठमाडौं, असार २४ गते । नारायण रायमाझीले निर्देशन गर्नुभएको फिल्म 'परदेशी-२' को टिजर सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार 'रीमा इन्टरटेन्मेन्ट' काे युट्युवमार्फत टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । 

फिल्मको कथा र गीतकार रमेश बिजीले लेख्नुभएको हो । फिल्ममा नीर शाह, सुशील पोखरेल, सबिन बाँस्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारको पनि अभिनय छ ।

सुदीप कुँवरको सह-निर्देशन, अष्ट महर्जनको द्वन्द्व रहेको यस फिल्मलाई मानकृष्ण महर्जनले छायाङ्कन गर्नुभएको हो । फिल्ममा दीर्घ खड्काको सम्पादन तथा नकुल खड्का र मिराज अर्यालको सह-सम्पादन छ । 

असोज १४ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ । साढे २ मिनेट ४९ सेकेण्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार प्रकाश सपूत, दिलीप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्वय केकी अधिकारी, वर्षा शिवाकोटी लगायत देख्न सकिन्छ ।