• १३ साउन २०८१, आइतबार

बूढीगङ्गामा मतगणना सुरु

blog

शेबरहादुर सार्की
बाजुरा, असार २४ गते ।
बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ ।

बिहीबार सम्पन्न भएको स्थानीय सदस्य निर्वाचनको मतगणना गर्नका शुक्रबार बिहान १० बजे बसेको सर्वदलीय बैठकले १ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपछि मतगणना कार्य सुरु भएको हो ।

बूढीगङ्गा नगरपालिका निर्वाचन अधिकृत हस्तबहादुर कडायतले भानोदय नमुना माध्यमिक विद्यालयमा बसेको सर्वदलीय बैठकले वडा नम्बर १ र १० बाट मतगणना सुरु गर्ने निर्णय गरेपछि अहिले मतगणना भइरहेको बताउनुभयो ।

बूढीगङ्गाको वडा नं १ मा एक हजार ३२६ मतदाता सङ्ख्यामा कुल ८३१ मत खसेको थियो भने वडा नं १० मा एक हजार ७७८ मतदाता सङ्ख्यामा एक हजार १०९ मत खसेको थियो ।

वडा नं १ मा नेपाली कांग्रेसबाट लोक थापा र नेकपा एमालेबाट रणबहादुर थापा अध्यक्ष पदका उम्मेदवार छन् । ती दुवै एक गाउँ डुँङ्ग्रीका नै हुन् ।

त्यसैगरी, वडा नं १० मा कांग्रेसबाट मोहन बुढा र नेकपा एमालेबाट दलबहादुर साउद अध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ ।