• ७ जेठ २०८१, सोमबार

प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ

blog

काठमाडौं, असार २४ गते । प्रतिबन्धित लागूऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा इलाका प्रहरी कार्यालय कुमारखोद र प्रचौ टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–३ झाट प्रतिबन्धित लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा गाउँपालिका–३ झाटी बस्ने २२ वर्षीय फरमान अली र सोही गाउँपालिका–४ बस्ने २३ वर्षीय मनोज गणेश छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्ष एवम् प्रवक्ता वसन्त पाठकले झापा गाउँपालिका–३ झाटी बस्ने विहारी उरावको खालि घरमा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर खैरो लिसाइलो पदार्थ १३ ग्राम र तौल गर्ने डिजिटल तराजु एक थान फेला परेको हो ।

प्रवक्ता पाठका अनुसार पक्राउ परेका दुईजनालाई नियन्त्रणमा थप अनुसन्धान भइरहेको छ ।