• १७ मङ्सिर २०८२, बुधबार

नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्यान्डको प्रतिबद्धता

blog

थाइल्यान्डको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै थाइल्यान्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुल ।

काठमाडौँ, मङ्सिर १७ गते । यहाँस्थित थाइल्यान्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्यान्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

थाइल्यान्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्यान्ड र नेपालका बौद्ध सम्पदाले दुई देशबिचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताउनुभयो । 

नेपालको कृषि क्षेत्रको उन्नयनका निम्ति थाइल्यान्डले यथासम्भव सहयोग गर्दै आएको बताउँदै उहाँले हालै जैविक कृषिबारेमा नेपाली किसानलाई प्रशिक्षण दिइएको जानकारी दिनुभयो । 

त्यस अवसरमा परराष्ट्र मन्त्रालयका निमित्ति सचिव कृष्णप्रसाद ढकाल, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, कामको सिलसिलामा यहाँ रहेका थाई नागरिक, उद्यमी, व्यवसायी तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो । रासस