• १६ भदौ २०८१, आइतबार

'बाबरी'को 'चुलबुल चुलबुल' गीतमा अदिती र धीरज

blog

काठमाडौं, असार २३ गते । फिल्म 'बाबरी'को 'चुलबुल चुलबुल' बोलको गीत सार्वजनिक गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई सुरेन्द्र पौडेलको निर्देशन गर्नुभएको हो । 

आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'बाबरी'को गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई देख्न सकिन्छ । फिल्ममा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बिहीबार युट्युबबाट रिलिज गरिएको गीतमा सुजन चापागाईको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना र संगीतकार चापागाई र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । 

फिल्मको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको सिनेमाको कथा निर्देशक पौडेलले नै लेख्नुभएको हो । फिल्ममा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ ।

फिल्मको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालकाे रहेकाे छ ।