• १६ भदौ २०८१, आइतबार

छोटो फिल्म प्रतिस्पर्धा 'एएनटीभी सर्ट्स' हुँदै

blog

काठमाडौं, असार २३ गते । युवा फिल्म मेकरबाट उत्कृष्ट सर्ट फिल्म खोज्न नेपाल नेटवर्क टेलिभिजनले ‘एनएनटीभी सर्टस’ नामक प्रतियोगिताको घोषणा गरेको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रममापर्लत सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले आफूले निर्माण गर्न चाहेको सर्ट फिल्मको कथासार अनलाइनमार्फत पेस गर्न आह्वान गरेको हो ।

‘मेरो कथा, मेरो सिनेमा’ नारा रहेको प्रतियोगितामा सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाल जुरी हुनुहुन्छ । प्रतिस्पर्धामा सहभागीहरुले १२ देखि २४ मिनेटसम्मको सर्ट फिल्म निर्माण गर्नुपर्ने छ । आउँदो २० साउनभित्रमा सर्ट फिल्मको कथासार दर्ता गराइसक्नुपर्ने र कथाहरु छनोट भएमा २५ साउनदेखि २५ भदौभित्रमा सर्ट फिल्म निर्माण पूरा गर्नुपर्नेछ ।

छनोटमा परेका सर्ट फिल्महरुबारे निर्णायक मण्डलले २६ भदौदेखि मूल्यांकन गर्नेछन् । र ती सर्ट फिल्म १ असोजदेखि नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुनेछन् । प्रशारित सर्ट फिल्ममध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र ५० हजार रुपियाँ नगदका साथै ट्रफी र प्रमाणपत्रसमेत पाउनेछन् ।

यसबाहेक उत्कृष्ट १० वटा फिल्मलाई नगद १० हजार रुपियाँसहित प्रमाणपत्र सहित उत्कृष्ट पाँच सर्ट फिल्मकर्मीलाई डीएआर मुभिजबाट निर्माण हुने फिल्महरुमा तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिफिल्महरुमा प्राथामिकताका आधारमा काम गर्ने अवसर प्रदान गरिने बताइएको छ ।