• ७ जेठ २०८१, सोमबार

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

blog

काठमाडौं, असार २३ गते । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–१३ चुहाडे घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० सामाखुसी बस्ने ६० वर्षीय केदार गिरी रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वय तथा फरार प्रतिवादी खोजतलास एवम् पक्राउको लागि परिचालित टोलीले बिहीबार सानेपाबाट गिरीलाई पक्राउ गरेको हो ।

गिरीले प्रभु बैंक लिमिटेडमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा उच्च अदालत पाटनले बैंकिङ कसुर गरेको ठहर गरेको थियो ।

अदालतले गिरीलाई बैंकिङ कसुर बमोजिम सात दिन कैद र २० लाख रुपियाँ जरिवाना हुने ठहर गरेको थियो ।

गिरीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरी उपरीक्षक एवम् प्रवक्ता श्यामकुमार महतोले जानकारी दिनुभयो ।