शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, मङ्सिर ११ गते । म्याग्दीको मङ्गला गाउँपालिका– १ कुहुँ गाउँमा सडकछेउछाउमा रोपिएका रङ्गीन फूलहरुले गाउँको आकर्षण बढाएको छ ।
स्थानीयको सामूहिक प्रयासमा सडकछेउमा रोपिएका फूलहरू फुल्ने मौसमसँगै कुहुँ गाउँको दृश्य नै बदलिएको छ ।
फुलेका मखमली र थुङ्गे फूलले सडकलाई आकर्षक र रमणीय बनाएको छ । जनजाति र ब्राह्मणहरुको बसोबास रहेको कुहुँ गाउँका स्थानीयहरुले घरघरमा रोपेको फूलले गाउँको शोभा बढाएको छ ।