• ११ मंसिर २०८२, बिहिबार

अनुदानमा किसानलाई गहुँको बिउ

blog

रौतहटको दुर्गा भगवतीका किसानलाई अनुदानमा गहुँको बिउ वितरण गरिँदै । तस्बिर : प्रवीण कुमार शर्मा

प्रवीण कुमार शर्मा 
रौतहट, मङ्सिर ११ गते ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्न सुरुवात गरेको गाउँपालिकाका कृषि शाखाका नायब प्राविधिक सहायक कौशिला बिकले जानकारी दिनुभयो ।

किसानको माग अनुसार प्रति कट्ठा चार किलोको दरले बिउ वितरण भइ रहेको उहाँले  जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिकेजी ९० रुपियाँ पर्ने विजय र एन एल ९७१ जातको गहुँको बिउ ५० प्रतिशत अनुदानमा वितरण भइ रहेको छ । 

एनएल–९७१ र विजय जातिका  गहुँको बिउ गरि पाँच हजार दुई सय केजी खरिद गरी वितरण सुरु गरिएको उहाँले बताउनु भयो ।

अनुदानमा गाउँपालिकाले उन्नत जातको गहुँको बिउ वितरण गरेर किसानलाई प्रोत्साहित गर्ने काम गरेको  दुर्गा भगवती –३ का श्यामा देवीले बताउनुभयो ।

दुर्गा भगवती गाउँपालिकाको हाम्रो अभियान सुखी किसानअन्तर्गत चालु आर्थिक बर्षको वार्षिक स्वीकृत कार्यक्रममध्ये पचाश प्रतिशत अनुदानमा नेपालि नागरिकताको प्रतिलिपि र जग्गा लालपुर्जाको प्रतिलिपिको आधारमा कृषि विकाश शाखाबाट गहुँको उन्नत जातको बिउ वितरण भइ रहेको नायब प्राविधिक सहायक बिकले जानकारी गराउनुभयो ।