• १६ भदौ २०८१, आइतबार

अभिनेत्री नीता ढुंगानाको 'मेहन्दी'

blog

काठमाडौं, असार २२ गते । अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीले यही असार २४ गते बिहे गर्ने घाेषाणा गर्नुभएकाे छ । नीताले बिहेअघि गरिएको मेहन्दी समारोहका केही तस्बिर आफ्नो फेसबुकमार्फत सार्वजनिक गर्दै लेख्नुभएकाे छ, 'अन्तत : मेहेन्दी लगाइयो।’

४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका नीता र हरिहरले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहे गर्न लागेको बताइएको छ ।

सेतो र पहेँलो दुई फरक पहिरनमा सजिएकी नीता खुशी र आकर्षक देखिएकी छन् । उहाँको मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकारहरुको सहभागिता रहेको थियो ।