• १६ भदौ २०८१, आइतबार

आलिया भट्टको ‘डार्लिङ्स’

blog

काठमाडौं, असार २२ गते । आलिया भट्टको निर्माणमा बनेको फिल्म ‘डार्लिङ्स’ को टिजर सार्वजनिक भएको छ । नेटफ्लिक्सको प्रस्तुति रहेको यस फिल्मलाई आलियाले शाहरुख खानको कम्पनि रेड चिल्ली इन्टरटेनमेन्टसँग मिलेर तयार गर्नुभएको हो ।

डार्क कमेडी फिल्म ‘डार्लिङ्स’ मा आलियासहित शेफाली शाह, विजय वर्मा र रोशन म्याथ्युको मुख्य भूमिका रहेको छ । फिल्मले मुम्बईमा बस्ने आमा-छोरीको कथा प्रस्तुत गरेको देख्न सकिन्छ ।

आलियाको मुख्य भूमिका रहेको फिल्म अगस्ट ५ मा नेटफ्लिक्समा रिलिज हुने भएको छ ।