• ५ जेठ २०८१, शनिबार

तयारीमा नीति

blog

नीति शाह

नेपालमा पूर्वमिस नेपाली चलचित्रमा अभिनयका लागि आएको उदाहरण प्रशस्तै छन् । भलै केही सफल भए भने केही असफल । यही मेसोमा अब नीति शाह पनि जोडिएकी छन् । ‘ब्युटी विथ ब्रेन’ नीति अब चाँडै नै चलचित्रको अभिनयमा पाइला चाल्दैछिन् । त्यसो त उनलाई अभिनेता भुवन केसीले ‘ड्रिम्स’, प्रदीप खड्काले ‘प्रेमगीत ३’ र ‘हुतुतु’ मा अफर नगरेका होइनन् तर उनले स्वीकारिनन् ।

नीतिका मेनेजर निराजन गिरीका अनुसार नीतिले केही चलचित्रको स्क्रिप्ट अध्ययनको काम सुरु गरिसकेकी छन् । उनी सम्भवतः यसै वर्षभित्र चलचित्रमा पाइला चाल्दैछिन् । मोडलिङमा करिब १० वर्ष बिताइसकेकी नीति चलचित्रमा आउनका लागि अहिले नै आत्मविश्वासी देखिँदैनन् । 

उनको चाहना नेपाली चलचित्रमा नाम चलेकै अभिनेतासँग अनस्क्रिन रोमान्स गर्नेछ । त्यसका लागि अहिले उनी जिमदेखि डान्सको प्रशिक्षण लिइरहेकी छन् ।