• ५ जेठ २०८१, शनिबार

अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन

blog

फाइल तस्बिर

मुग्लिन, असार १४ गते । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो । 

लेदो हटाएर बिहान ५:१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । अहिले ६:३० बजेदेखि लेदो हटाएर सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।