• १३ असोज २०८१, आइतबार

राष्ट्रपति रनिङ सिल्ड सुरु

blog

काठमाडौं जिल्ला राष्ट्रपति रनिङ सिल्डअन्तर्गत भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, असार १३ गते । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन भलिबलको प्रतिस्पर्धा भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भलिबलको छात्रमा शंखरापुर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । छात्रामा चन्द्रगिरी नगरपालिका र काठमाडौं महानगरपालिकाले उपाधि भिडन्त पक्का गरेका छन् । 

प्रतियोगितामा भलिबलसहित कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुने छ । यसै प्रतियोगिताबाट बाग्मती प्रदेश राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि खेलाडी छनोट गरिने काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिनुभयो । प्रतियोगिता असार १५ गतेसम्म चल्नेछ ।